टिपरको ठक्करबाट बनेपामा फेरी एक जनाकाे ज्यान गयाे

बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट नमोबुद्ध नगरपालिका–४ खनाल चोकका ४० वर्षीय जीतबहादुर तामाङको मृत्यु भएको छ ।

बा २ क ३९३४ नम्बरको टिपरले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार, पहिला ठक्कर दिँदा मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई ब्याक गरेर किचेको थियो ।

ठक्करबाट घाइते भएका तामाङलाई उपचारको लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो । घाइते तामाङको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रोशित भीडले टिपर चालकलाई नियन्त्रणमा लिएर कुटपिट गर्दै टिपरमा आगजनी गरेका छन् । ट्रिपर चालक नुवाकोट जिल्ला, बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठ रहेको र अहिले उलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कमेन्ट गर्नुहोस्