ट्रम्पलाई इरानको धम्की– बाघको पुच्छरसँग खेल्ने दुस्साहस नगर, पछुतो हुने छ ।

वाशिङ्गटन, व्यापार युद्धको संघारमा रहेको बेला इरानले अमेरिकालाई कडा धम्की दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबिरोधी बारम्बार दिइरहेको अभिव्यक्तिको प्रत्युत्तर दिँदै इरानी राष्ट्रपतिले अमेरिकालाई चेतावनी दिएका हुन ।

इरानविरुद्ध शत्रुतापूर्ण नीति अपनाएको आरोप लगाउँदै राष्ट्रपति हसन रुहानीले सिंहको पुच्छरसँग खेल्न खोजे पछुताउने पर्ने चेतावनी दिएका हुन ।

इरानी पत्रिका तेहरान टाइम्सका अनुसार, रुहानीले इरानी राजनयिकहरुलाई सम्बोधन गर्दै इरानसँगको शान्ति सबैप्रकारका शान्तिको जननी भएको उल्लेख गर्दै भने, “तर इरानसँग युद्द सबै प्रकारका युद्दको जननी पनि पनि हो । म कसैलाई धम्की दिन चाहन्न तर कसैले हामीलाई पनि धम्काउन या डराउन सक्दैन ।

इरानी राष्ट्रपतिको यो चेतावनीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालै कडा प्रतिक्रिया दिएका छन् । “अमेरिकालाई फेरी धम्की नदिनु, यसो गरेमा आजसम्म नभएका गम्भीर परिणाम झेल्नुपर्नेछ । अब अमेरिका तपाईको धम्की सुन्ने देश रहेन, त्यसैले सावधान” ट्रम्पले ट्विटमा लेखेका छन् ।

खाडी मुलुकमा तेल अर्थनीतिलाई कब्जा गर्न चाहने अमेरिका र इरानबीचको सम्बन्ध झन चिसिएको विश्लेषकहरुले बताएका छन् । तनावको अवस्थामा इरानले तेल र तेलमार्ग रोकेको खण्डमा यसले आउने संकटको अनुमान गर्न कठिन हुने उनीहरुको मत छ । रुहानीले यो विषयलाई उठाउँदै भनेका छन, ‘यदि इरानले तेल निर्यात गर्न सकेन भने कुनै पनि देशले यो क्षेत्रका देशको तेल निर्यात गर्न पाउने छैन । ट्रम्पले आफ्नो स्वार्थका लागि सिँगो संसारलाई जोखिममा हाल्न खोजेको छन् ।

उनले अमेरिका शान्तिप्रति प्रतिबद्ध नभएको आरोप समेत लगाए । साउदी अरब, बहराईन र संयुक्त अरब इमिरेट्सले आफ्नो जिद्दी छोडेमा मित्रताका लागि समेत तयार रहेको उनले बताए ।

पछिल्लो दिनमा इरानको तेल निर्यातमा प्रतिबन्ध लगाउने अमेरिकी योजना सार्वजनिक भएपछि उक्त क्षेत्रबाट अरु कुनै पनि देशको तेल निर्यातमा समेत प्रतिबन्ध लगाउने विषयमा इरानमा एकमत देखिएको विबिसीले जनाएको छ ।

अमेरिकी उर्जा मन्त्रालयको एक रिपोर्ट अनुसार, इरान र ओमानका बीच एउटा रणनीतिक गल्ली छ, जसबाट कम्तिमा १८.५ मिलियन ब्यारल तेल २०१६ मा हरेक दिन पठाइन्थ्यो ।
यसका अतिरिक्त होरमुज समुन्द्री मार्गको प्रयोग समेत खाडी देशहरु गर्ने गर्दछन् । रुहानीले भने अरु देशले तेल बेच्ने र आफू मूक दर्शक बनेर हेर्ने स्थिति नभएको स्पष्ट पारेको छन् । खाडी देशहरुले तेल बेच्ने बाटोको सुरक्षा इरानले गर्ने भएको कुरा कसैले बिर्सिन नहुने उनले चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्