लिक भयो SAMSUNG, Galaxy Note-9, सेन्सरदेखि हर्ट रेट मनिटरसम्म

काठमाडौं, स्यामसुङ कम्पनीको निकट भविष्यमा लन्च हुन थालेको ग्लालेक्सी नोट ९ का बारेमा इन्टरनेटमा तस्वीर र अन्य जानकारी लिक भएको छ ।

स्ल्याकलिक्स नामक वेभसाईटमा जारी गरिएको तस्वीरमा देखाई अनुसार, यो फोनमा फोनको ब्याकमा रहेको ड्यूल क्यामेरा सेटअपको मुनि फिंगर प्रिन्ट सेन्सर रहेको

मोडेल नम्बर एसएमएन६०यू रहेको यो फोनमा बेजल लेस अर्थात किनारा नभएको स्क्रिन रहेको छ । फोनको ब्याकमा एउटा हर्ट रेट मनिटर पनि दिइएको छ ।

लिक भएका तस्वीरमा फोनको पर्पल कलर भेरियन्ट देखाइएको छ । खबरमा उल्लेख भए अनुसार, कम्पनिले ब्लू, ब्राउन, ब्ल्याक, लेभेण्डरर ग्रे कलमा पनि फोन लन्च गर्न सक्छ ।

यो फोन अगस्त ९ तारिख न्यूयोर्कबाट लन्च हुने छ ।

यसको मूल्य करिब ९९० यूरो रहने बताइन्छ ।

कमेन्ट गर्नुहोस्