काम नलाग्ने हुनसक्छ आइफोन भारतमा

नयाँ दिल्ली । आइफोन समाजमा स्टेटस सिम्बलको रूपमा स्थापित भइसक्यो । हातमा एप्पलको आइफोन हुनु प्रतिष्ठाको विषय मानिन्छ । तर भारतमा भने आइफोन प्रयोगकर्ताहरूमाथि एउटा समस्या आइलागेको छ ।

आइफोन निर्माता कम्पनी एप्पल र भारतीय दूरसंचार विनियामक प्राधिकरण (ट्राइ) बीच जारी द्वन्द्वको असर प्रयोगकर्ताहरूमा पर्न सक्ने बताइएको छ ।

एप्पल र ट्राइबीचको यो द्वन्द्व डु-नट-डिस्टर्ब (डीएनडी) भन्ने एपका कारण सुरु भएको हो । ट्राइले एप्पलका लागि यस एपको डीएनडी-२.० भन्ने नयाँ भर्सन डिजाइन गरेको थियो जसलाई एप्पलले आफ्नो एप-स्टोरमा ठाउँ दिएन ।

ट्राइ एप्पलले यस एपलाई एप्पलले स्थान देओस भने चाहन्छ ताकि प्रयोगकर्ताहरूसम्म आउने स्प्याम कल तथा म्यासेजलाई रोक्न सकियोस् । तर एप्पलले भने यस एपले प्रयोगकर्ताका कल तथा म्यासेजलाई रेकर्ड गर्ने अनुमति माग्दछ जसले गर्दा उनीहरूको गोप्यता भङ्ग हुन सक्छ ।

दूरसंचार प्राधिकरणले हालै जाली कल तथा स्प्याम म्यासेज रोक्न टेलिकम सेवा प्रदाता कम्पनीहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ । उसले मोबाइलफोन अपरेटिङ सिस्टममा यस्ता प्रकारका कल तथा संदेशहरू आउनबात रोक्न आफ्नो निधारित मापदण्डमा रहेका एप डाउनलोड गर्न मिल्ने बनाउनु पर्ने नियम बनाएको छ । यदि एप्पलले यसो नगरेको खण्डमा भारतका टेलिकम सेवा प्रदायक कम्पनीहरूले एप्पलका फोनहरूमा आफ्नो सेवा बन्द गर्न सक्नेछन् ।

भारतीय दूरसंचार प्राधिकरणले जारी गरेको नया नियम अनुसार सबै प्रयोगकर्ताहरूले अनिवार्य रूपमा डीएनडी एप डाउनलोड र इन्स्टल गर्नु पर्नेछ र हाल यो एप एण्ड्रोइड प्लेटफर्ममा मात्र उपलब्ध रहेको छ र छ महिनाभित्र आइफोनमा यो उपलब्ध नभएको खण्डमा ती फोनहरूको दर्ता खारेज गरिने छ । र त्यस्तो अवस्थामा ती फोनहरूमा भारतीय सिम राखेर थ्री-जी या फोर-जी चलाउन मिल्ने छैन ।

कमेन्ट गर्नुहोस्