ओलीको कडा बोली– डा. केसी, आयोगको अध्यक्ष बन्नुस, के सुधार्नु पर्ने हो बहस गरौं

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई वार्तामा आउन आव्हान गरेका छन् ।

पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डा. केसीलाई स्वास्थ्य शिक्षामा सुधारका लागि बहसमा आउन आव्हान गरे ।

स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्’ उनले भने । सरकारले ल्याएको चिकित्सा शिक्षा

विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको समेत उनले बताए ।

कार्यक्रममा निकै खरोरुपमा प्रस्तुत भएको ओलीले कांग्रेसले डा। गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर राजनीति खोजेको भन्दै आलोचना गरे ‘“मलाई दया लागेर आएको छ । मकांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । ’ उनले भने ।

डा. केसीका पक्षमा देखिएको आन्दोलनप्रति कटाक्ष गर्दै डा. केसीले पूर्व प्रधानन्यायाधिश सुसिला कार्कीमाथि लक्षित गर्दै भने, “ निषेधाज्ञा तोड्दै के भन्नुभयो भन्दा त्यो प्रधानमन्त्री सात कक्षा पढेको छैन, के बुझ्छ कानुन ?’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीतर्फ इंगित गर्दै उनले भने, “म सँग सर्टिफिकेट हेर्न आउनुभएको त थिएन । तैपनि देख्नुभएछ ।” ओलीले डा केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘ कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेकेर स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा केसीले बुझ्नु भएको छैन ।’

प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका नाममा आन्दोलनमा उत्रेका डाक्टरहरुलाई समेत चर्को आलोचना गरे । सरकारी जागिर खाएरु उपचार गर्दिनँ भन्न नमिल्ने प्रधानमन्त्रीको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउम्याउ नीतिका कारण तराई डुवानमा परेको आरोप लगाए । सरकार बनाउन र टिकाउन कांग्रेसले छिमेकीसँग म्याउम्याउ नीति अन्तर्गत गरेको कामले तराई डुवानमा परेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकारले डुवान समस्या समाधानका लागि पहल थालेको उनले बताए ।

कमेन्ट गर्नुहोस्