दुर्गा प्रसाईविरुद्ध झापाका महिलाहरुको सामूहिक प्रतिरोध

विर्तामोड ७ साउन । झापाको विर्तामोडमा सञ्चालित वि. एण्ड. सी. शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुको अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईलाई विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले झापाले कारवाहीको माग गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईले करणीपछि मात्र डा. को सर्टिफिकेट पाउँछन् भनेर दिएको अभिव्यक्तिप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई हेर्ने हेपाहा प्रवृत्तिले बंगलादेशमा अध्ययनरत छात्राको अपमान भएको ठहर गर्दै सामाजिक क्षेत्रमा सक्रिय महिला संघ संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेको हो ।

नारी सञ्चार गृह, क्रियाशिल महिला पत्रकार संघ, नेपाल उद्यमशील महिला संघ, झापा, उद्यमी महिला संघ, झापा, उद्यमी महिला समूह, उ.वा.संघ, विर्तामोड, वीरता लेडी जेसीज, विर्तामोड, वीरता लेडी जेसीज, विर्तामोड, राष्ट्रिय सौन्दर्यकर्मी युनियन, र महिला मुक्ति अभियानले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुले करणीपछि मात्र डा. को सर्टिफिकेट पाउँछन् भनेर दिएको अभिव्यक्ति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्देशक प्रसाईलाई कारवाहीको माग गरेको हो ।

विज्ञप्तिमा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र सचिव रेजिना गौतम, क्रियाशिल महिला पत्रकार संघ झापाका अध्यक्ष माया पकुवाल र उपाध्यक्ष शुशिला संग्रौला, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली खरेल, उद्यमी महिला संघ झापाकी अध्यक्ष गोमा भट्टराई, उद्यमी महिला समूह उद्योग वाणिज्य संघ विर्तामोडकी सचिव संगीता चिमरिया, वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल र महासचिव सरु खनाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियनका अध्यक्ष रञ्जु प्याकुरेल र मना केरुङ, महिला मुक्ति अभियानकी सचिव विनिता तामाङ, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ-‘प्रसाईको यस्तो अभिव्यक्तिले स्वाभिमानी नेपाली चेलीहरुको अस्मितामाथि धावा बोलेको छ । नेपाली महिलाहरुको अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईलाई महिला हिंसा अन्तरगत कानूनको दायरामा ल्याई कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

शैक्षिक संस्था (मेडिकल कलेज) सञ्चालन गर्ने व्यक्तिले नै अन्यत्र शिक्षा आर्जन गर्न गएका छात्राहरुको शिर निहुँरिने गरीको अभिव्यक्ति दिनु नेपाली महिलाप्रतिको हेपाहा प्रवृत्ति हो भन्ने हाम्रो ठहर छ । अतः महिला माथि यसप्रकारका दुर्वाच्य बोली छात्राका अभिभावक, परिवारका सदस्य समेतलाई पीडा पु¥याउने दुर्गा प्रसाईमाथि राष्ट्रिय महिला आयोगले कारवाही प्रक्रृया अघि बढाओस् ।’
प्रसाईले शक्तिको आडमा महिला अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईको ज्यादतीको भण्डाफोर गर्न र पीडितलाई न्याय दिलाउन मानवअधिकारसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउदै प्रसाईको अभिव्यक्तिप्रति मौन रहेर दण्डहिनतालाई प्रस्रय नदिन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

कमेन्ट गर्नुहोस्