आई लव युपछि गायक कमल के क्षेत्रीले सार्वजनिक गरे `डबल माया´ ( भिडियो सहित )

लामो समयदेखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई सफल गायकको रूपमा चिनाउन सफल गायक हुन कमल के क्षेत्री । सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न ।

साङ्गितिक जीवनको यात्रा २०५९ साल देखि सुरुवात गरेका कमलले आफ्नो यस यात्रामा पहिलो गीत जलाई दिए हुन्छ गाए तर उनले त्यस गीतबाट सोचेको जस्तो सफलता हासिल गर्न सकेन । त्यसपछि पुन मेहनतका साथ उनले २०६४ऽ६५ सालमा नाचन झ बोलको गीत लिएर दर्शकमाझ आए । आफ्नो लगन र मेहनतको फलस्वरूप उनको यस गीत भने दर्शक श्रोताको मन जिते र संगीत क्षेत्रमा उनले आफुलाई एक चर्चित अनि हिट गीतका गायकको रूपमा पनि चिनाए ।

यहि यात्रासंगै उनि सम्पुर्ण माझ लोकप्रियता कमाए र उनले आफ्नो एकल शब्द ,संगीत अनि गायनमा गीत आई लब यु पनि दर्शकमाझ सार्वजनिक गरे । एल्बम आई लब यु मा रहेको शिर्ष गीतले दर्शकको साथ पाए

यहि सफल संगीत यात्रामा आफुलाई लोकप्रिय ,चर्चित , सफल गायकको रूपमा चिनाई सकेका गायकले पुन आफ्नो शुभचिन्तकहरुको लागि नया गीत लिएर आएका छ्न । सफल हिट गीतहरुलाई जस्तै दर्शकको माया पाउने आश र बिश्वासले उनले यस गीत सार्वजनिक गरेका हुन । सार्वजनिक यस ञ ड्बल मायाँझ बोलको गीतमा शब्द तथा संगीत भने बिकास पाण्डेको रहेको छ र गीतलाई एरेन्ज बाबु प्रधानले गरेको  छ ।

्आकर्षक तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई गायक कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने  भिडियोलाई चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका  छन  ।

पुरै डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माले  निकै आकर्षक अभिनय गरेका छ्न । गीतमा  सुनिल क्षेत्रीकै कोरियोग्राफ रहेको छ भने  शिलन लम्सालले सम्पादन गरेका छ्न ।

कमेन्ट गर्नुहोस्