युएईमा ब्लडमनिको सजाय पाएका टोप बहादुर नेपाल फर्किदै ,यात्रा प्रतिबन्ध हटाउन दूतावास सफल

युएई ,साउन ५। युएईमा ब्लडमनीको सजाय पाएका खैरेनी ९, चितवनका टोपबहादुर बिक नेपाल फर्किने भएका छन्।

ब्लडमनी बापतको रकम १ लाख दिर्हाम्स नेपाली झन्डै ३० लाख रुपैयाँ बुझाउन नसक्दा ४ बर्ष देखि स्वदेश फर्कन नपाएका बिकलाई अदालतको फैसला अनुसारको ब्लड मनि रकम बुझाइ सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि नेपाल जाने बाटो खुल्ला गरिएको युएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

चार बर्ष अघि १४ जुन २०१४ मा काम गर्दै गर्दा क्रेन दुर्घटनामा परि दुई थाई नागरिकको ज्यान गएपछि युएईको अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम ब्लडमनि दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो ।

याे पनि पढ्नुस  नेपालका सडक बालबालिकालाई सहयोग गर्न युएईबाट अभियान सुरु

दुर्घटना पछी ४ महिना २० दिन जेलमा बसेका बिकलाई फैसला पछी अदालतले यात्रा प्रतिबन्ध गरि कम्पनीमा पठाए पनि उनी काम गर्ने कम्पनी बन्द भएपछी लामो समय सम्म चिनजानका साथिभाइ र केहि महिना एनआरएन युएईको संरक्षणमा बस्दै आएका थिए ।

 

अदालतको फैसला पछि ब्लडमनी जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिकलाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाए पछी गैर आवासीय नेपाली संघ युएईको संयोजकत्वमा युएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरि एक महिने आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

याे पनि पढ्नुस  युएईमा ४ महिनादेखि एनआरएनको सेल्टरमा रहेका तीन नेपाली महिला स्वदेश फर्किए

अभियान बाट संकलित रकम दूतावासलाई हस्तान्तरण गरेपछि दूतावासले सो रकम अदालतमा बुझाउदै कानुनी प्रक्रियामा लागेको थियो ।
लामो समयको कानुनी प्रक्रिया लाई पार गर्दै दूतावासले बिकको पासपोर्ट अदालत बाट निकालि उनलाइ स्वदेश फर्कन सक्ने बाटो खुल्ला गरिदिएको हो।

अध्यागमनको जरिवाना मिनाहा ,यात्रा प्रतिबन्ध हट्यो

यस्तै ब्लडमनिको सजाय पाएपछि भिसा सकिएर अबैधानिक बनेका बिकले युएईको अध्यागमन बिभाग लाई बुझाउनु पर्न जरिवाना बापतको रकम ७२ हजार ८ सय दिर्हाम्स दूतावासको पहलमा मिनाहा गर्न सफल भएको दूतावासका कार्यवाहक राजदूत सागर फुयालले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  यूएइले फोहोरबाट उर्जा उत्पादन गर्न नेपाललाई १ अर्ब १३ करोड दिने

अदालतको प्रक्रिया पूरा गरेपनी अध्यागमनको जरिवानाका कारण केहि दिन रोकिएका बिकलाइ दूतावासको पहलमा सबै प्रक्रिया पूरा गरि उनिमाथी लागेको यात्रा प्रतिबन्ध (ब्यान्ड ) समेत हटाउन सफल भएको राजदूत फुयालको भनाइ छ।
बिक अब कुनैपनी दिन स्वदेश फर्किन सक्ने छन भने, अभियान लाई सफल पार्न साथ सहयोग गर्न सबैलाई दूतावासले धन्यवाद समेत दिएको छ।

कमेन्ट गर्नुहोस्