जबरजस्ती करणी आरोपमा प्रधानाध्यापक पक्राउ

पर्वत, साउन ८ । जबरजस्ती करणी गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका- ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

देबिस्थानकै स्थायी वासिन्दा पौडेलले विद्यालयमै अध्ययनरत तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सात बर्षदेखि १२ बर्षबीचका बालिकालाई विभिन्न मितिमा ललाईफकाई तथा डर त्रास र धम्की दिएर अप्राकृतिक रुपमा मैथुन गराउँदै आएको प्रहरीको दाबी छ।

अभिावकबाटै उजुरी आएपछि उनलाई पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। स्रोतका अनुसार उनलाई अभिभावकले नै नियन्त्रणमा लिएर कालोमोसो समेत दलेर प्रहरीलाई बुझाएका थिए।

ती बालिकाले आइतबार मात्रै आफ्ना अभिभावकलाई घटनाका बिषयमा जानकारी दिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका पौडेललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको उनले बताए। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्