फेरि ३ किलो सुनसहित पाँचजना पक्राउ

काठमाडौँ, साउन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो भन्दा बढी अवैध सुनसहित छुट्टाछुट्टै घटनामा पाँचजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले थाइ एयरलाइन्सको फ्लाइट नम्बर ३१९ को उडानमा बैंककबाट काठमाडौँ आएका भारतको दिल्लीका ३९ वर्षे ईश्वर दास, ४० वर्षे हर्मिन्दर बबेजा, ३४ वर्षका अमृत पाल सिंह र ३१ वर्षका अवतार सिंहलाई पक्राउ गरेको हो ।

उनीहरुले सुटकेसको पाङ्ग्रामा लुकाएर दुई किलो ७०९ ग्राम सुन ल्याएका थिए । प्रहरीले सुन पनि बरामद गरेको छ । यस्तै नेपाल एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौँ आएका भारतको मुम्बईका ३० वर्षे रिज्वान अब्दुल रज्जाकलाई पनि प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ । उनले आफ्नो पाइन्टमा लुकाएर ल्याएको ३४८ ग्राम सुन प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्