चार दशकपछि परम्परागत ‘साउने डोला’

भीमदत्तनगर, साउन ८ । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ साउने डोला’ देखिएको छ ।

सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमाको तीन दिन अगाडि तीज बनाउने गर्दछन् ।

सोहीअनुसार १५७ परिवार राना थारुको बसोबास रहेको बागफाँटामा वडा सदस्य साहेब रानाको पहलमा तीज मनाइएको हो । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला वर्त बस्ने गरेको वडासदस्य रानाले बताउनुभयो ।

“बिहान चोखो बसेर वर्त उपसना बस्छन् ।” उहाँले भन्नुभयो- “दिउँसो थारु परिवार ९सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।” त्यसका साथै गाउँमै पिङ ९साउने डोला० बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका नौकरले सबैलाई खबर गरेपछि सामूहिकरुपमा तीज मनाउने विषय तय हुन्छ ।

“पिङ त साउन १ गते नै तयार भइसक्छ ।” रानाले भन्नुभयो- “पिङ चढेर परम्परगत गीत गाउँदा वर्षा हुने धार्मिक मन्यता रहेको छ ।” साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलन छ ।

विसं २०३९ देखि बागफाँटामा राना समुदायको बसोबास रहेको बताउँदै रानाले गाउँमा झण्डै चार दशकपछि पिङ स्थापना गरेर परम्परागत तीज मनाइएको बताउनुभयो । “तीज बिर्सजन हुँदा पिङ नदीमा बगाउने चलन छ ।” उहाँले भन्नुभयो- “पछिल्ला वर्षमा तीज मनाए पनि पिङ स्थापना गर्न भने छाडिसकेका छन् ।”

उहाँले आफूले पनि पहिलो पटक पिङसहितको तीज मनाएको बताउँदै उहाँले पिङबारे नयाँ पुस्तालाई पनि जानकारी भएको बताउनुभयो । यहाँका विभिन्न स्थानीय तहमा राना थारु समुदायको बसोबास रहे पनि उनीहरु तीज भने गाउँका भलमन्साको सुझावअनुसार फरक÷फरक दिन मनाउने गर्दछन् ।

“गाउँमा भलमन्साले भनेअनुसार नै तीजको मिति तय गरेर मनाउने काम भइरहेको छ ।” उहाँले भन्नुभयो-“परम्परागत पिङ भने लोप हुने अवस्थामा पुगेको छ ।” रानाले आफू समुदायको कला, संस्कृति र परम्परा संरक्षणका लागि पहल गर्ने बताउनुभयो ।

कञ्चनपुरमा थारु संग्रहालय स्थापना गरेर यहाँका थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने भनिए पनि त्यसको ठोस पहल हुन सकेको छैन । कञ्चनपुरको शंकरपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र बेदकोटमा राना थारुको बसोबास छ । -रासस

कमेन्ट गर्नुहोस्