ब्राजिलमा के गर्दैछन् कृषि राज्यमन्त्री रामकुमारी ?

ब्राजिलको साउ पाउलोमा सम्पन्न हुन गइरहेको ग्लोबल एग्रीविजनेश फोरम २०१८, जुलाई २३ र २४ मा नेपालको तर्फबाट कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा सहभागी भएको छ ।

ब्राजिलका कृषिमन्त्री बलाइरो माग्गीको निमन्त्रणामा नेपाल लगायत १० देशका कृषि मन्त्रीहरु र ६० देशका ३५०० सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

समग्र कृषि क्षेत्रको विकास, चुनौती र सम्भावना विषयमा छलफल भइरहेको छ । १० देशका मन्त्रीहरुको छुट्टै लन्च बैठकमा खाद्य सुरक्षाबारे, अविकसित राष्ट्रहरुमा कृषि टेक्नोलोजीलाई प्रयोगबारे पनि छलफल भएका छन् ।

बैठकपछि ब्राजिलका कृषिमन्त्री बलाइरो माग्गी र नेपालका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले मायाको चिन्ह आदानप्रदान गरेको छ भने राज्यमन्त्री चौधरीले ब्राजिलका कृषि मन्त्रीलाई नेपालको कृषि क्षेत्रमा सहयोग गर्न र नेपाल भ्रमणको निम्तो समेत दिएकी छिन ।

हेर्नुहोस् केही तस्वीरहरु-

तस्वीर : सुशन अाचार्य

कमेन्ट गर्नुहोस्