लाइसेन्सको आवेदन आइतबारदेखि खुल्ने

काठमाडौं, साउन ८ । यसअघि साउनको पहिलो सातादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन तेस्रो सातादेखि खुल्ने बताइएको छ।

यातायात व्यवस्था विभागले गएको जेठ २१ गते एक सूचना प्रकाशित गर्दै नयाँ लाइसेन्ससम्बन्धी सबै कामकारबाही बन्द गरेको थियो । पछि ट्रायल पास गरेका तर राजस्व नतिरेका पनि नतिजा रद्द गर्ने निर्णय गरेको थियो । साथै एकपटकका लागि भन्दै बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो।

विभागका अनुसार पेन्डिङमा रहेका कार्डको छपाई सक्न र राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो।

तर विधि कारणले असार अन्त्यसम्ममा लाइसेन्सको छपाई सम्बन्धीका अझै नसकिएकाले साउन पहिलो साता आवेदन खोल्न नसकिएको बताउँदै आगामी आइतबारदेखि नयाँ आवेदन खुल्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्