भारतमा जन्मिइन् सबैभन्दा कम तौल भएकी बालिका, यति छ तौल…

नयाँ दिल्ली । भारतको हैदराबाद सहरमा एउटी अचम्मकी बालिकाको जन्म भएको छ । जन्मिने बेला मात्र तीन सय ७५ ग्राम तौल रहेकी ती बालिकालाई दक्षिणपूर्व एशियामै सबैभन्दा सानी बालिकाको रूपमा हेरिँदैछ ।

हैदराबादको रेनबो अस्पतालमा गत हप्ता जन्मिएकी यी बालिकाको नाम चेरी राखिएको छ । सामान्यतया बच्चा जन्मिदा उसको तौल अढाई किलो देखी साढ़े तीन किलोको बीचमा हुने भएपनि चेरीको वजन मात्र तीन सय ७५ ग्राम रहेको छ ।

चिकित्सकहरूका अनुसार चेरी महीना नपुगी जन्मेकी हुन् । २५ औं हप्तामा नै जन्मिएकी उनको लम्बाई समेत लगभग २० सेन्टीमीटर रहेको छ । उनी सामान्य मानिसको हत्केलामा अटाउँथिन् ।

चिकित्सकहरूका अनुसार सामान्यतया गर्भधारण गरेको ३६ देखि ४० हप्तामा बच्चा जन्मिन्छ । र यस अघि जन्मिएका बच्चाहरू समय नपुगी जन्मिएका मानिन्छन् । सामान्यतया यस्ता बच्चाहरू पूर्णरूपमा विकसित भएका नहुने भएकाले इनलाई बाँच्न गाह्रो हुने गर्छ । झन् निर्धारित समयभन्दा चार महिना अगावै जन्मिएकी चेरीका लागि बाँच्नु कम चुनौतीपूर्ण थिएन।

निरंतर चिकित्सकीय निगरानीमा राखिएकी चेरीको स्वास्थ्य अवस्था बिस्तारै सामान्य हुँदैछ र अब उनको तौल अढाई किलो भइसकेको छ।

डाक्टरहरूका अनुसार चेरीजस्तो अवस्थामा जन्मिएका ०.५ प्रतिशत बच्चाहरू मात्र जीवित रहने गर्दछन् । उनीहरुलाई सामान्य अवस्थामा समेत संक्रमण हुनसक्ने भएकाले उनीहरुलाई बचाउन साह्रै गाह्रो हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्