सरकार र डा. केसीबीच वार्ता शुरु, निकास के होला ?

काठमाडौं, साउन ८ । लामो जुहारीपछि सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच औपचारिक वार्ता शुरुभएको छ । डा केसीको वार्ता टोलीले र सरकारी टोलीबीच वार्ता शुरु भएको हो ।

यसअघिको संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडानबाट डा केसी पक्षपछि हटेपछि मंगलबार अपरान्ह शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको हो ।

वार्ताको वातावरण बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख सुभाष नेम्बाङले माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए । त्यसपछि उनले नेकपाका अध्यक्ष प्रचण्ड र अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए । त्यस लगत्तै नेकपा संसदीय दलको उपनेता नेम्बाङले डा केसीको वार्ता टोलीसँग पनि कुरा गरे ।

त्यसपछि सरकारी र डा केसीको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको हो । सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव खगराज बरालसहित तीन जना र डा केसीको तर्फबाट डा जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्