कौन बनेगा करोडपति १० को प्रोमो सार्वजनिक, बिग बिगले देखाए गरीब बुवाको इमोशनल कहानी

कौन बनेगा करोडपति १० को प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा एक गरीब बुवा जो पेशाले ड्राइभर छन् उनको संघर्षलाई इमोशनल कथा बनाएर प्रस्तुत गरिएको छ ।

तर उनी आफ्नो छोरोलाई ठूलो र राम्रो स्कूलमा पढाउन चाहान्छन् । त्यसका लागि उनी सस्तो भाडा भएको घरमा बस्छन् । र छोरालाई महंगो स्कूलमा भर्ना गर्छन् । छोरो इन्जिनियर बन्ने सपना बोकेर गणित विषयमा भर्ना हुन्छन् । र बुवालाई चुनौति छ कि कलेजको शुल्क कसरी तिर्ने भनेर ।

तर पनि उनले हरेश खादैनन् । र त्यही समय बुवा कनौ बनेगा करोड कार्यक्रममा पुग्छन् र कार्यक्रम सञ्चालन अमिताभ बच्चनले उनलाई सोध्छन् यदि तपाइर्ले यो शो मा कुनै पनि पुरस्कार नजिति घर फर्कनु पर्ने भयो भने के हुन्छ ?

ती गरीब बुवाको जवाफले मानिसहको मन जित्छ । जवाफमा उनले भन्छन्, ‘फेरि पनि मैले हार खाने छैन् ।’

कमेन्ट गर्नुहोस्