साउदीबाट ९७ नेपालीको उद्दार !

रियाद, साउन ८। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको दम्मामस्थित Project System Group मा विगत लामो समयदेखि काम गर्दै आएका ९७ जना नेपाली कामदारकाे उद्दार गरिएकाे छ ।  उक्त कम्पनीमा कार्यरत नेपाली कामदारलार्इ तलब नदिने, इकामा नवीकरण नगर्ने, घर नपठाउने लगायतका समस्यामा थिए।

नेपाली कामदारका समस्याबारे जानकारी पाउनसाथ नेपाली राजदूतावासले त्यहाँकाे सरकारी निकायसंगको निरन्तर समन्वय र प्रयासमा देहाय बमोजिम गरी अलपत्र कामदारको उद्धार गरिएको छ ।

क.) पहिलो चरणमा ३६ जनालाई यहाँको श्रम अदालतबाट प्रशासनिक एवं कानूनी प्रक्रिया पूरा गरी नेपाल पठाईएको ।
ख.) १९ जना कामदारको सहमतिमा अर्को कम्पनीमा कफाला ट्रान्सफर भएको ।
ग.) दोश्रो चरणमा २९ जनालाई एक महिना अगाडी यहाँको श्रम अदालतबाट प्रशासनिक एवं कानूनी प्रक्रिया पूरा गरी नेपाल पठाईएको ।
घ.) तेश्रो चरणमा बाँकी रहेका १३ जना कामदारको एक्जिट भिसा लागी २९ जुलाई २०१८ मा नेपाल फर्किन लागेको।

यसका साथै MASAULT FOUNDATION NAYEF AL HARBI CONTRACTING COMPANY मा GLOBAL RISING PLACEMENT बाट आएका १४ जना नेपाली कामदारले करार अवधी पुरा गरिसक्दा पनि कम्पनीले एक्जिट भिसा नदिएपछि समस्या उत्पन्न भएकाे थियाे ।

दूतावासको पहलमा इजाजतपत्रवाला र कम्पनीको समन्वयमा एक्जिट भिसा दिलाई ती कामदारको उद्धार गरी २३ जुलाई २०१८ का दिन नेपाल पठाइएको नेपाली दूतावासले जनाएकाे छ।

उपरोक्त समस्याको समाधानमा साउदी सरकारको पूर्वी क्षेत्रस्थित गभर्नर अफिस, श्रम महानिर्देशनालय, श्रम अदालतलगायत नेपाली समुदायले समस्या समाधनका लागि गरेकाे पहल र सहयाेगका लागि पीडितले धेरै धेरै धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्