उत्तर कोरियाले नष्ट गर्न थाल्यो क्षेप्यास्त्र निर्माण संरचना

सियोल, दक्षिण कोरिया । उत्तर कोरियाले आफ्ना मिसाइल परिक्षण केन्द्रहरू एकपछि अर्को गरेर निष्क्रिय गर्न थालेको समाचार आउन थालेका छन् । गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप र उत्रार कोरियाली सर्वोच्च नेता किम जोङ-उनबीच सिङ्गापुरमा भएको भेटवार्तापछि उसले दोस्रो आफ्ना मिसाइल परीक्षण केन्द्रहरू निस्क्रिय पारिरहेको छ । यसलाई उक्त शिखर सम्मेलनपछि विश्वासको वातावरण तयार पार्ने कदमका रूपमा लिइएको छ ।

उत्तर कोरिया केन्द्रित वेबसाइट थर्टी एट नर्थका अनुसार जुलाई २० र २२ का भू-उपग्रहबाट लिइएका व्यवसायिक तस्बिरहरूले सोहाए क्षेप्यास्त्र परिक्षण केन्द्रलाई ध्वस्त पारिएको देखाएका छन् । उक्त तस्बिरहरूमा ब्यालेस्टिक मिसाइलहरूका र अन्तरिक्ष यानहरूका लागि तरल इन्धन विकास गर्ने एउटा रकेट इन्जिन स्ट्याण्डलाई खण्डित पारिएको देखाइएको छ ।

यस्तै ती तस्बिरहरूमा अन्तरिक्ष यान्हारू निर्माण गर्ने उपकरणहरू समेत खण्डित पारिएको देखाइएको छ । यस मामिलामा विश्लेषक जोसेफ बर्मुडेजले पेस गरेको प्रतिवेदनमा उल्लेख छ. “यी सुविधाहरूले उत्तर कोरियालाई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रविधि इकास गर्न सघाउन पुऱ्याउने गर्दथे । यी नष्ट पारिनुलाई आपसी विश्वासको वातावरण निर्माणमा उत्तरको महत्वपूर्ण कदमको रूपमा लिन सकिन्छ ।”

उता दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका एक अधिकारीले पनि सोहाए परीक्षण स्थलमा मिसाइल निर्माण उपकरण नष्ट पारिएको पुष्टि गरेका छन् ।

एक जना अर्का विश्लेषक एडम माउन्ट भन्छन्, “उत्तरले रकेट इन्जिन निर्माणस्थल नष्ट गरेर होरे मात्र गुमाइरहेको छ । वास्तवमा उनीहरू लामो दूरीसम्म प्रहर गर्न सकिने हतियार निर्माण गर्ने दिशामा आफ्फ्नो प्रगतिप्रति सन्तुष्ट छन् र आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि त्यस्ता सुविधा विकसित गर्नसक्ने आफ्नो क्षमताप्रति ढुक्क छन् ।”

फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट आबद्ध वरिष्ठ सरक्षा विश्लेषक माउन्ट उत्तर कोरियाले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको निगरानीबिना यस्ता परीक्षणस्थल चिन्ताको विषय रहेको मान्छन् । गत मेमा उसले परमाणु परीक्षणस्थल ध्वस्त पर्दा अन्तर्राष्ट्रिय जगतबाट पत्रकारहरूलाई डाकेको थियो ।

माउन्ट भन्छन्, “सोहाएमा भएको विकासक्रमलाई सकारात्मक कदमको रूपमा लिन सकिन्छ तर यो पूर्ण परमाणु निरस्त्रीकरणका लागि पर्याप्त भने होइन ।” उनी अगाडि भन्छन्, “उनीहरूले जेजति सुविधाहरू नष्ट गरे ती सबै सीमान्त हुन् । मुख्य सुइधा केन्द्रहरू अझै जस्ताका त्यस्तै हुनसक्छन् ।”

तर धेरैले यसलाई कोरियाली प्रायद्वीपमास्थायी शान्ति स्थापना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरेका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले एउटा ट्विटमार्फत् पछिल्लो नौ महिनामा उत्तर कोरियाले कुनै पनि परमाणु परीक्षण र क्षेप्यास्त्र परीक्षण नगरेकोमा जापान लगायत सम्पूर्ण एसिया खुसी भएको तर केही नक्कली मिडियाहरूले राष्ट्रपति ट्रंप आफू चिढिएको भन्ने समाचार सम्प्रेषण गरेको कुराप्रति आश्चर्य व्यक्त गर्दै आफू पनि अत्यन्त खुसी रहेको बताएका छन् ।

एजेन्सीहरू

कमेन्ट गर्नुहोस्