मिस नेपाल खतिवडाको ‘दुर्गममा हेल्थ पोष्ट अभियान’ लाई साथ

चितवन, सउन १० । लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषले ‘मिस नेपाल’ श्रृंखला खतिवडाको ‘दुर्गममा हेल्थपोष्ट अभियान’ लाई सघाउने भएको छ । मिस नेपाल श्रृंखलाले मकवानपुरको दुर्गम क्षेत्रका चेपाङ समुदायलाई लक्षित गरेर गाउँमा हेल्थपोष्ट निर्माण लक्ष्यलाई लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले साथ दिन लागेको हो ।

दुर्गममा रहेका विपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने मिस नेपाल श्रृंखला खतिवडाको उच्च विचार र सामाजिक सेवाको सहयोगी अंग बन्न पाउँदा हामीलाई खुशी लागेको कोषका प्रतिनिधि राजेशबाबु श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्