इटालियन स्ट्राइकरलाई दुई वर्ष प्रतिबन्ध, २० हजार जरिवाना !

काठमाडौं, साउन ९ । खेल मिलेमतोको आरोपमा इटालियन क्लब पार्माका स्ट्राइकर इमानुएल कालाओलाई दुई वर्ष प्रतिबन्ध र २० हजार युरो जरिवाना गरिएको छ। इटालीको संघीय अदालतले मे १८ मा स्पेजियाविरूद्ध खेल कालाओले मिलेमतो गराएको ठहर गर्दै उनलाई दुई वर्ष फुटबल खेल्न रोक लगाएको हो।

यस्तै यो घटनाले पार्मा क्लबको आगामी २०१८-१९ सिजनमा अंक तालिकाबाट पाँच अंक घटउने निर्णय पनि भएको छ। यद्यपी क्लब ‘ए’ डिभिजनमै रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

याे पनि पढाै‌-

फिफा वर्ष अवार्डका लागि मनोनित १० खेलाडी काे-काे ? नेइमार परेनन् !

३६ वर्षीय कालाओ सन् २०१६ मा स्पेजियाबाटै पार्मा आवद्ध भएका थिए। पार्मालाई इटालीको शीर्ष क्लबमा पदोन्नती गर्न कालाओले स्पेजियाका पूर्व खेलाडीसँग मिलेमतोको ‘वाट्स एप’ मा कुरा गरेको तथ्य भेटिएपछि अदालत यो फैसला सुनाएको हो।

पार्माले २-० ले स्पेजियालाई पराजित गरेको खेल अगाडि कालाओले आफ्नो पूर्व क्लबका साथी फिलिपो डे कोल र क्लाडियो टेर्जीसँग ‘वाट्स एप’ मार्फत कुरा गरेका थिए।

यो विषयमा गत जुनदेखि छानबिन भइरहेको थियो। सन् २०१५ मा ‘डी’ डिभिजनमा रहेको पार्मा क्लब तीन वर्षभित्र ‘ए’ डिभिजनमा बढुवा भएको हो। कालाओले इटालीको युथ–२१ टिममा रहेर अन्तर्राष्ट्रिय फुटबलसमेत खेलिसकेका छन्। -एजेन्सी

कमेन्ट गर्नुहोस्