ला लिगाको खेल तालिका सार्वजनिक, कसको भिडन्त कोसँग ? हेर्नुस्, तालिका

एजेन्सी, साउन ९ । स्पेनीस ला लिगामा नयाँ सिजन २०१८-१९ को लिग खेल तालिका सार्वजनिक भएको छ। रोएल स्पेनिस फुटबल फेडेरेसनले मंगलबार जारी गरेको खेल तालिका अनुसार अगस्ट १८ बाट नयाँ सिजन सुरू हुनेछ।

स्पेनिस ला लिगा अन्तर्गत हुने एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोनाबीचको पहिलो खेल अक्टोबर २८ मा हुनेछ। पहिलो एल क्लासिक भिडन्त बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यस्तै दोस्रो एल क्लासिको भिडन्त मार्च ३ मा रियलको मैदानमा हुनेछ।

साविक विजेता बार्सिलोनाले अलाभेजसँग अगष्ट १९ मा खेल्ने छ। यस्तै एथ्लेटिको मड्रिडले पहिलो खेलमा भ्यालेन्सियालाई प्रतिद्वन्द्वी पाएको छ । यो सिजनको पहिलो खेलमा रियल मड्रिडले गेटाफेसँग खेल्नेछ ।

मड्रिड डर्बी भिडन्तमा रियलले पहिलो खेल एट्लेटिकोसँग सेप्टेम्वर ३० मा घरेलु मैदानमा खेल्नेछ भने दोस्रो खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रापोलिटानोमा २०१९ फेब्रुअरी १० मा हुनेछ।

ला लिगा अघि ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियनबीच हुने स्पानिस सुपर कप बार्सिलोना र सेभियाबीच अगष्ट १२ मा हुनेछ। दुवै लिग र कोपा डेल रे दुवैमा बार्सिलोना च्याम्पियन भएका कारण कोपा डेल रे को उपविजेता बनेको सेभियाले बार्सिलोनासँग सुपर कप खेल्नेछ। हेर्नुहोस् पुरा खेल तालिका 

 

कमेन्ट गर्नुहोस्