सवारी दुर्घटनामा परि साउदीमा एक नेपालीको निधन एक घाइते

रियाद ,साउन ९ । रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको सवारी दुर्घटनामा परि निधन भएको छ।

झन्डै १२ बर्ष अघि साउदी स्थित मुस्तरा कम्पनीमा लेबर कामका लागि गएका धनकुटाका ४८ बर्सिए राजेन्द्र भुजेलको गत सोमबार काममा जादै गर्दा सवारी दुर्घटनामा परि घटना स्थलमै निधन भएको साउदी बाट कमल शाही निर्मल ले जानकारी दिएका छन।

दुर्घटनामा गाडिका चालक महोत्तरीका ३४ बर्सिए राममणि यादव घाइते भएका छन् उनको हाल स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

घटना बारे साउदी स्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ भने आबस्यक प्रक्रिया पूरा गरि सव लाई नेपाल पठाउने तयारी रहेको शाहिले बताएका छन।

कमेन्ट गर्नुहोस्