आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य कुनै परिवर्तन आएको छैन।

मंगलबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्