प्रचण्ड नरबहादुर कर्माचार्यको पाँचौैं स्मृति सभामा [फाेटाेफिचर]

काठमाडौं, साउन ९ । आज नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवस मनाइदैं छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयद्वारा राजधानीमा आयोजित समृति सभामा अध्यक्ष प्रचण्डले कर्माचार्यको शालिकमा माल्यार्पण गर्नु भएको छ ।

त्यस्तै, कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल प्रवक्त्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेत्री पम्फा भुषाल, शिक्षा मन्त्री गिरिराजमणी पोखरेललगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।


कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म १९८१ कार्तिक १४ भएको थियो भने ८९ वर्षको उमेर २०७० साउन ९ गते मृत्यु भएको थियो । उहाँ पछिल्लो समय तत्कालिन नेकपा माओवादी केन्द्रमा आवद्ध हुनुहुन्थ्यो ।

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन-आन्दोलनका क्रममा २००६ सालमा पुष्पलालको नेतृत्वमा उहाँसहित पाँच जना मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।

नेकपाका संस्थापक नेतामा पुष्पलाल श्रेष्ठसहित नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्