सरकारको निरंकुशताविरुद्ध कडा आन्दोलन गर्ने महामन्त्री शशा‌ंक चतावनी

काठमाडौं, साउन ९। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम सरकारको ज्याजदीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका नेता, कार्यकर्तालाई आहृवान गरे ।

बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमा पञ्चायती शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि बानेश्वरमा आक्रमण गरेको आरोप लगाए ।

सरकारको ज्यादती पूर्ण व्यवहारकाविरुद्ध नडराई बोल्न नेता कार्यकर्तालाई आग्रह गरे भने लेख्न पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे ।

उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।

उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाउदै उनले त्यसको कडा रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्