ब्राजिलमा कृषि राज्यमन्त्री सम्मानित

साओपाउलो, साउन ९ । ब्राजिल भ्रमणमा रहेकी कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई त्यहाँ बस्ने नेपालीले सम्मान गरेका छन् ।

ब्राजिलको साओ पाउलोको एक होटेलमा आयोजित कार्यक्रममा त्यहाँ बस्ने नेपालीहरुले कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री चौधरीको टोलीलाई स्वागत सम्मान गरेको हो ।

नेपालीहरुसँगका छलफलमा राज्यमन्त्री चौधरीले नेपालमा कृषि क्षेत्रमा धेरै सम्भावना रहेकाले स्वदेश फर्केर आफ्नै देशमा श्रम र लगानी लगाउन आग्रह गरेकी छिन । नेपालमा कृषि योग्य जमिन पर्याप्त भएकोले कृषिमा ब्राजिली प्रविधिलाई भित्र्याउन सके कृषिमा ठूलो क्रान्ति हुने बताइन ।

कृषिलाई आधुनिकरण र व्यवसायीकरण गर्न सके रोजगारको लागि नेपाली युवाहरू बिदेशीन नपर्ने उनको भनाई थियो । युवाशक्ति बिदेशीएकोले नेपालको कृषि योग्य जमिन कतिपय अवस्थामा बाझो रहने गरेको बताइन ।

हामी सबै मिलेर हाम्रो देशला संबृधि र बिकास गर्नु पर्ने चौधरीले बताइन ।भेला भएका नेपालीहरुले नेपालमा काम गर्ने बाताबरण भए आफूहरु फर्किन तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्