आमाबुवाले नै १० महिने छोरीको हत्या गरेको आशंका

धनगढी,साउन ९ । कैलालीमा १० महिने बालिकाको हत्याको आरोपमा प्रहरीले उनका आमाबुवालाई नै पक्रेको छ । जिल्लाको गोदावरी नगरपालिकामा-९ धनचौरीमा १० महिने बालिका डम्बराको  हत्या भएको हो ।

यस हत्याको  आशंकामा प्रहरीले धनचौरीका कलावती जोशी र हर्कराज जोशीलाई पक्राउ गरेको छ । दुबै मृतक बालिकाका आफ्नै आमाबुवा हुन् ।

मृतक डम्बराकी हजुरआमा सुनकलाले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अनुसन्धानका लागि दुबैलाई नियन्त्रणमा लिएको हो ।

आमा ताराले यसअघि पनि आफ्ना दुई सन्तानको हत्या गरेको सुनकलाले आरोप लगाएको समाचार इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन ठकुरीलाई उद्दृत गर्दै गोदावरी एमएमले लेखेको छ ।

स्थानीयवासीहरूका अनुसार ताराका श्रीमान हर्क सुस्तमनस्थितिका छन् । स्थानीय बासिन्दाले बताएका छन् । मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्