सुन तस्करी बढ्दै, करीब ४ किलो सुनसहित दुई महिला पक्राउ

काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ६८० ग्राम अवैध सुनसहित दुई महिला पक्राउ परेका छन् ।

थाइ एयरबाट विमानसथलमा अवतरण गरको दुई थाई महिलाले उक्त परिमाणको सुन उनीहरुले घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बस्तु बनाएर तस्करी गर्न खाजेका थिए ।

तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त सुन कसलाई दिन ल्याएका थिए भन्ने बारे बताएका छैनन् । सोही समूहबाट सुन ल्याएका अन्य तीन जनालाई विमानस्थल भन्सारले समातेको छ ।

सोमबार पनि विमानस्थलबाट ३ किलो ३६ ग्राम सुनसहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्