२० सिडियोसहित ३२ उच्चअधिकृतको सरुवा, ३३ किलो सुन छानविन समितिका संयोजक पौडेल अध्यागमनमा

काठमाडौं, साउन ९ । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित ३२ उच्च अधिकृतहरुको एकैपटक सरुवा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा केदार न्यौपानेलाई सरुवा गरिएको छ ।

त्यस्तै मोरङमा रामप्रसाद आचार्य, कास्कीमा तारानाथ अधिकारी, मकवानपुरमा चक्रबहादुर बुढा, बाँकेमा रमेश केसी, सिन्धुपाल्चोकमा आस्मान तामाङ, कपिलवस्तुमा मदन भुजेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

त्यस्तै मोहनबहादुर जिसीलाई ताप्लेजुङ, वेदनिधी खनाललाई तेह्रथुम, कृष्णबहादुर घिमिरेलाई प्यूठान, जनकराज पन्तलाई ओखलढुंगा, विश्वराज न्यौपानेलाई दैलेखमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएका छन् ।

साढे ३३ केजी सुन र सनम शाक्य छानविन समितिका संयोजक इश्वरराज पौडेललाई भने अध्यागमन विभागमा सुरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्