बीएन्डसी टिचिङ हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँद्वारा क्षमा याचना

भद्रपुर, साउन ९ । बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिबाट बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् ।

झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”

उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए ।

प्रसाईले डा गोविन्द केसीको आन्दोलनलाई जोडेर बंगलादेशमा एमबीबीएस पढ्ने नोपली छात्राले आफ्नो अस्मितासँग सटर्फिकेट साट्ने गरेको विवादास्पद अभिव्यक्ति दिएपछि निकै आलोचित भएका थिए । साथै गएको शुक्रबार उनकै बोलीमा लोली मिलाउदै कानून मन्त्री शेरबहादुर तामाङले पनि सोही खालको अभिव्यक्ति दिएपछि मंगलबार पदबाट राजिनामा दिएका छन् ।

कमेन्ट गर्नुहोस्