इन्स्टाग्रामको एउटा पोस्टबाट रोनाल्डोको आम्दानी ८ करोड, अरुको कति ? हेर्नुस् (नामसहित)

काठमाडौं, साउन १० । अहिले सामाजिक सञ्जाल सशक्त रुपमा उदाउँदै गएको छ । पहिले सामाजिक सञ्जाल फोटो, भिडियो तथा आफ्ना सन्देश पोस्ट गर्नका लागि मात्रै प्रयोग गरिन्थ्यो । तर आजकल सामाजिक सञ्जाल धेरैका लागि आम्दानीको श्रोत बन्दै गएको छ ।

थुप्रै कम्पनी अहिले आफ्नो ब्रान्डको विज्ञापनका लागि कलाकार, मोडेल तथा खेलाडीको सामाजिक सञ्जालको सहारा लिने गर्छन् । यसको बदलमा सेलिब्रिटिजहरुलाई मोटो रकम दिने गर्छन् ।

इन्स्टाग्राम पोस्ट शेड्यूल गर्ने प्लेटफर्म हुपर एचक्यूले सन् २०१८ मा इन्स्टाग्राम पोस्टबाट सर्वाधिक कमाई गर्ने सेलिब्रिटिजको सूचीमा फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् ।  रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा रहेका छन् ।

इन्स्टाग्राम स्पोर्ट्स रिच सूचि यस्तो छ-
१. क्रिस्टियानो रोनाल्डो, १३ करोड ६० लाख फ्लोअर्स, एउटा पोस्टको कमाई – ७ लाख ५० हजार अमेरिकी डलर (झण्डै ८ करोड नेपाली रुपैयाँ)
२. नेइमार, १० करोड फ्लोअर्स, एउटा पोस्टबाट कमाई ६ लाख अमेरिकी डलर               
३. लियोनल मेस्सी, ९ करोड ७२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई ५ लाख अमेरिकी डलर
४. डेभिड बेकह्याम, ४ करोड ९७ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई ३ लाख अमेरिकी डलर

५. ग्यारेथ बेल, ३ करोड ५४ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ८५ हजार अमेरिकी डलर
६. ज्लाटन इब्राहिमोविच, ३ करोड ४५ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ७५ हजार अमेरिकी डलर

७. लुइस स्वारेज, २ करोड ९२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ५० हजार अमेरिकी डलर
८. कोनर म्याकग्रेगर, २ करोड ४५ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख २५ हजार अमेरिकी डलर

९. विराट कोहली, २ करोड ३२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख २० हजार अमेरिकी डलर
१०. स्टेफन करी, २ करोड १३ लाख फलोअसृ, एउटा पोस्टबाट कमाई एक लाख १० हजार अमेरिकी डलर
-एजेन्सी

कमेन्ट गर्नुहोस्