दशैंभित्र मेलम्चीको पानी आउने सम्भावना कति ?

काठमाडौं, साउन १० । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान (सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

याे पनि पढ्नुस  मेलम्चीमा स्थानीय ठेकेदारहरुको पैसा दिन सकिन्न– खानेपानी सचिव

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो । नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्