प्रचण्डको संकल्प-बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा उभिन्छु

काठमाडौं, साउन १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले बाँचुन्जेल दुःख र कष्टका साथ जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेका छन् ।

पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलगायत नेताहरूको सपना पूरा गर्न दुःख, कष्टका साथ जीवनभर लागिरहने उनले जनाए । बुधबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको बताए ।

उनले सामाजिक न्यायसहित मुलुकलाई समृद्धिको दिशामा अघि बढाएर समाजवादतर्फको यात्राको तयारी गरिरहेको दाबीसमेत गरे । प्रचण्डले सहिदको सपना पूरा गर्ने गरी पार्टी एकताबद्ध रहेको पनि बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्