भागबन्डाका लागि मन्त्रालय फुटाइँदै

काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

फोरमबाट स्वास्थ्य राज्यमन्त्री बनाइने

अर्याललाई फुलमन्त्री बनाएपछि स्वास्थ्य राज्यमन्त्री फोरमबाट एक सांसदलाई बनाइनेछ । फोरमबाट यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनिसकेका छन् । तर, अर्को एक राज्यमन्त्री पनि फोरमलाई दिने सहमति भएको थियो ।

कृषि मन्त्रालय फुटाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको प्रचण्डको सचिवालयले जानकारी दियो । अब यसरी मन्त्रालय फुटाएपछि २१ बाट २२ पुग्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्