टिमुरेमा पहिरो, ४ जनाको मृत्यु, पाँचजना बेपत्ता

रसुवा, साउन १० । रसुवाकाे गोसाइकुण्ड गाँउपालिका-२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् ।

बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे । मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका-५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी-४ का रेशम खड्काकोशव भेटिएकाे छ। बेपत्ता ५ जनाकाेखाेजी जारी छ । पहिरोले टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको छ । २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ ।

घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेको छ।

कमेन्ट गर्नुहोस्