काभ्रेमा बस पल्टियो, २८ जना घाइते

काभ्रे, साउन १० । जिल्लाको धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

३३ यात्रु लिएर आइरहेको बसमा बिहानको समय भएकाले अधिंकाश कलेज पढ्न आउने विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्