पाकिस्तानमा इमरान खानको अग्रता, पाकिस्तानी इतिहासमा नयाँ अध्याय शुरु

इस्लामाबाद, हिंसा र झडपबीच सम्पन्न पाकिस्तानी संसद र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

निकै ढिलो गरी सार्वजनिक भएका पछिल्ला परिणाम हेर्दा पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआइ)ले पूर्ण बहुमत पाउने देखिएको छ ।

हिजो साँझबाट नै मतगणना शुरु भएपनि कुनै आधिकारिक नतिजा सार्वजनिक भएपछि धाँधलीको आशंका गरिएपछि आज बिहान ४ बजे निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो ।

पाकिस्तानी पत्रिका डनका अनुसार, पिटीआई पार्टीका समर्थकहरुले विजयोत्सव मनाउन शुरु गरिसकेका छन् ।

परम्परागत राजनीतिबाट प्रभावित पाकिस्तानमा इमरान खानको उदयलाई कतिपयले नयाँ पाकिस्तानका रुपमा समेत लिएका छन् ।

पिटीआईले आज दिउँसो दुई बजे विजय सभाको आयोजना गरेको छ । उक्त पार्टीले ५० देखि ५५ प्रतिशत मत पाउने आँकलन गरिएको छ ।
अनौपचारिक श्रोतहरुले भने निर्वाचनको सम्पूर्ण गणना भइसकेको तर औपचारिकरुपमा सार्वजनिक गर्न मात्र बाँकी रहेको जनाएका छन् ।
प्रदेश सभामा भने मिश्रित परिणाम देखिएको छ । पञ्जाब प्रान्तमा नवाज सरिफ नेतृत्वको पिएमल–एनले अहिलेसम्म १२९ सिटमा अग्रता लिएको छ । इमरान खानको पिटिआईले १२२ सिटमा अग्रता लिएको छ । खैबर पख्तुन्ख्वामा भने पिटीआई नै अगाडि छ । यता सिन्धमा भने पाकिस्तान पिपुल्स पार्टीको अग्रता छ । बलुचिस्तानलगायतका केही प्रान्तमा क्षत्रेीय पार्टीले अग्रता लिएका छन् ।
इमरान खान पाकिस्तानका चर्चित क्रिकेटर हुन ।

पाकिस्तानमा संसदको २७२ सीटका लागि निर्वाचन भएको हो । ७० सीट भने महिला र अल्पसंख्यकहरुका लाग आरक्षित गरिएका छन् । यी सीटहरु समानुपातिक प्रतिनिधित्वका आधारमा पाँचवटा बढी मत ल्याउने पार्टीहरुमा बाँडिन्छ ।

सन् २०१३ मा भएको निर्वाचनमा नवाज सरिफको पार्टीले जितेको थियो । यद्यपी शरिफले स्पष्ट बहुमत भने ल्याउन सकेका छैनन् ।
सरिफ अहिले जेलमा छन् ।

कमेन्ट गर्नुहोस्