इतिहास रच्दै पाकिस्तानमा चर्चित क्रिकेटर इमरान खानको उदय, ३० औं प्रधानमन्त्री !

पाकिस्तान स्वतन्त्र भएदेखि बनेका सबै २९ प्रधानमन्त्रीले पूर्ण कार्यकाल सत्ता चलाउन सकेका छैनन्

पाकिस्तान, सन् १९४७ मा स्वतन्त्र भएको देश । यो अवधिमा पाकिस्तानले २९ जना प्रधामन्त्री पायो । तर बिडम्बना, कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल भने सत्ता चलाउन सकेनन् । बरु बारम्बार सैन्य तानाशाहीको शिकार बन्नु परयो ।

यो इतिहास उल्ट्याउन खोजेका छन् इमरान खानले । चर्चित क्रिकेटर इमरान खानले । इमरान खान, नाम सुन्दा क्रिकेटप्रेमीहरुका अगाडि एउटा खेलाडीको अनुहार देखिन्छ । सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटमा जिताउने अनुहार । तीब्र गतिको बलर । तर, यिनै इमरान खान अब भने पाकिस्तानको राजनीतिका मुख्य बलर बनेका छन् । त्रिकेटमा उनले जति चर्चा र प्रशंसा बटुलेपनि धेरै कमले उनीलाई पाकिस्तानको राजनीतिमा महत्व दिए ।

त्यसैपनि परम्परागत बिरासतको राजनीति झेल्दै आएको पाकिस्तान । भुट्टो, शरीरफ या सैनिक शासन । संसारमा दोश्रो ठूलो मुस्लिम आबादी भएको देश, तुलनात्मकरुपमा अन्य मुस्लिम देशभन्दा उदार र विकासशील देश । तर राजनीतिक अस्थिरताले जर्जर राष्ट्र । त्यसैले इमरान खानलाइ परम्रागत राजनीतिज्ञ र समर्थकहरुले खासै चासो नदिएपनि युवा र महिलाहरु, समाजलाई आधुनिकतातर्फ लैजान खोज्ने जमातमा भने उनी निकै लोकप्रिय बन्दै आए ।

यसकै परिणाम भनौं, पाकिस्तानी निर्वाचनमा इमरान खानले सन् १९९६ मा स्थापना गरेको पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । २२ वर्ष अघि इमरान खानको स्थानमा पत्रपत्रिकामा एक कलमको समाचारमा सीमित हुन्थ्यो । तर अबको पाँच वर्ष इमरान खान पाकिस्तानी राजनीतिमा वर्चश्व कायम राख्ने छन् । यद्यपी आजसम्मका २९ जना प्रधानमन्त्रीले पूर्ण कार्यकाल शासन चलाउन भने सकेका छैनन् ।

इमरान खान कुनै कम्युनिष्ट भने होइनन, न त समग्र क्रान्तिका उनका एजेण्डा छन् । तर उनले यथास्थितिलाई परिवर्तन गर्ने र खासगरी भ्रष्टाचारविरोधी एजेण्डा अघि सारे । पाकिस्तानमा राजनीतिक भ्रष्टाचार एउटा मुख्य समस्या रहँदै आएको छ ।

सफल क्रिकेटर, सफल राजनीतिज्ञ

इमरान खानले सन् १९९६ मा तहरीक ए इन्साफ पार्टी गठन गरे । सन् २००२ को निर्वाचनमा संसदमा उनको पार्टीले एक सीट जित्यो । उनी २००७ सम्म मियाँवाली क्षेत्रको प्रतिनिधित्व गर्दै सांसदको रुपमा रहे ।

सन् १९९९ मा जनरल पर्वेज मुसर्रफले कू गरेपछि उनले तत्कालको अवस्थामा मुसर्रफको समर्थन गरे । तर २००२ को निर्वाचनमा भने उनले बिरोध गर्दै आफै उम्मेदवारी दिए । त्यतिखेर उनको पार्टीलाई ०.८ प्रतिशत मात्रै मत पाइयो । सांसदको रुपमा उनी लोकलेखको स्थायी समिति सदस्य बने ।

मुसर्रफको आलोचना गरेका कारण उनलाई नजरबन्द गरियो । ३ नोभेम्बर २००७ मा राष्ट्रपति मुसर्रफले संकटकाल घोषणा गरेपनि उनले मुसर्रफको मृत्युदण्डको माग गरे । देशद्रोहको आरोपमा उनलाई नजरबन्द गरियो । तर उनी भाग्न सफल भए ।

त्यसपछि उनीमाथि आतंकवाद अधिनियम अन्तर्गत अभियोग लगाएर गाजी खान जेलमा बन्द गरियो । त्यहीँ उनले भोक हडताल शुरु गरेपछि उनी रिहा भए । त्यसपछि भने २००८ को निर्वाचनमा उनको पार्टीले निर्वाचन बहिस्कार गरेको थियो । फेरी उनलाई नजरबन्द गरियो ।

२०१३ को निर्वाचनमा उनले पाकिस्तान पिपुल्स पार्टीको सरकारविरुद्ध भ्रष्टाचारको मुद्दा अगाडि सारे । यसतमात्रै होइन अफिगानिस्तान र पाकिस्तानको स्ीमामा अमेरिकी आक्रमणको पनि उनले घोर निन्दा गरे । यसरी उदाएका इमरान खान २०१८ सम्म आइपुग्दा भने सदनमा स्पष्ट बहुमत ल्याउन सफल भएका छन् । तपाईं यो समाचार एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ

सन्यासपछि राष्ट्रिय टीममा

इमरान खान क्रिकेटको संसारमा भने अद्भूत प्रदर्शनका कारण सधैं चर्चामा रहे । सन १९८७ मा सन्यास लिइसकेपछि पनि सन् १९८८ मा उनलाई फेरी राष्ट्रिय टीमबाट खेल्नका लागि अनुरोध गरियो । ३९ वर्षको उमेरमा उनले पाकिस्तानलाई एकमात्र विश्वकप प्राप्त गर्न मुख्य भूमिका निर्वाह गरे । १६ वर्षको उमेरमा लाहौर भएको खेलबाट उनले क्रिकेट यात्रा शुरु गरेका थिए । सन् १९७१ मा उनलाई इग्ल्याण्डविद्ध बर्मिंघम टेष्टका लागि पाकिस्तानी टीममा स्थान पाइयो ।

तीनवर्षपछि भने उनलाई वान डे टीममा ल्याइयो । त्यसपछि भने उनको प्रदर्शनकै कारण उनी उचाई चढदै गए । र, तीब्र बलरका रुपमा उनको चर्चा शुरु भयो । १९७८ मा पर्थमा भएको एउटा खेलमा उनले १३९.७ किलोमिटर गतिले बल फ्याँकेपछि यसबाट उनको चर्चा चुलियो ।  .तपाईं यो समाचार एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । इमरानले डेनिस लिली र एण्डी रोबर्टस जस्ता बलरहरुलाई पछि पार्दै ८८ टेष्ट खेलमा ६ शतक र १८ अर्धशतकको मदतले ३८०७ रन र ३६२ विकेट लिए ।

अलराउण्डर बलरका रुपमा परिचित इमरानकै कारण इग्लाण्डलाई उसको घरेलु मैदानमा पाकिस्तानले हरायो । भारतविरुद्धका ६ वटा टेष्ट भरेलु सिरिजमा उनले ४० विकेट समेत लिएका थिए ।

समाजसेवाको मोह

इमरान प्रधानमन्त्रीको पहिलो दावेदार बनेका छन् । क्रिकेटमा उनले आफ्नो स्थान सधैंका लागि बनाए । तर उनले सामाजिक क्षेत्रमा समेत आफूलाई अगाडि सारे । क्रिकेटबाट सन्यास लिएपछि उनले संसारभरिबाट चन्दा उठाएर सन् २००८ मा आफ्नी आमा शौकत खानमको नाममा एउटा क्यान्सर अस्पताल बनाएका छन् ।

इमरान खानको उदयले पाकिस्तानको राजनीतिमा स्थिरिता देखिने कतिपयले विश्लेषण गरेका छन् । तर धार्मिक पन्थहरुको निकै प्रभाव रहेको पाकिस्तानमा उनका सुधारका एजेण्डाहरुले कति स्थायित्व पाउन सक्लान भन्ने चुनौती भने उनका अगाडि छ ।

कमेन्ट गर्नुहोस्