ब्राजिलियन टिमको प्रशिक्षक नफेरिने, २०२२ को विश्वकपमा पनि टिटे नै प्रशिक्षक !

काठमाडौं, साउन १० । ब्राजिल फुटबल टिमको प्रशिक्षकमा टिटे नै रहने भएका छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलसम्म ब्राजिल फुटबल टिमको प्रशिक्षकमा टिटे नै रहने भएका हुन् ।

ब्राजिल फुटबल कन्फेडरेशन (सीबीएफ) ले ५७ बर्षीय प्रशिक्षक टीटेसँग ४ बर्षको सम्झौता नविकरण गरेको जनाएको छ । सन् २०१६ मा ब्राजिल फुटबलको नेतृत्वमा आएका टीटेको टीम हालै सम्पन्न भएको विश्वकपमा क्वाटर फाइनलबाट विदा भएको थियो ।

पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग २-१ गोल अन्तरले पराजित भएको थियो । सीबीएफले ब्राजिलको फुटबलको दीर्घकालिन बिकास योजना बनाएकाले पटक पटक प्रशिक्षक फेर्नुको साटो अनुभवी प्रशिक्षक टीटेलाई जिम्मेवारी दिनु ठीक ठानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्