ज्योति विकास बैंकद्वारा ८० जना कर्मचारीको माग, कुन तहमा कति ?

काठमाडौं, साउन १० । ज्योति विकास बैंक लिमिटेडमा ८० कर्मचारीको माग गरेको छ । बैंकले ४० जना शाखा प्रबन्धक र ४० जना रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्ज माग गरेको हो ।

बैंकले बारा, उदयपूर, सर्लाही, स्याङ्जा, सुनसरी, सिन्धुली, रुपन्देही, पाल्पा, नवलपरासी, काभ्रे, कास्की, कपिलवस्तु, कञ्चनपूर, ललितपूर, काठमाडौँ, भक्तपूर, सल्यान, तनहुँ, सप्तरी र कैलाली जिल्लाका विभिन्न शाखा कार्यालयहरुका लागि उक्त संख्यामा कर्मचारी मागेको हो ।

शाखा प्रबन्धकका लागि विजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, अर्थशास्त्र अथवा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्षको अनुभव भएको कर्मचारी मागिएको छ भने रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्जका लागि स्नातक उतीर्ण र दुई वर्षको अनुभव भएको कर्मचारी मागिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ अगष्टभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । http://career.jbbl.com.np/#

कमेन्ट गर्नुहोस्