लामो विवादपछि मतदानबाट गाँउपालिकाको केन्द्र टुंग्याइयो

रुकुम पूर्व, साउन १० । स्थानीय तह घोषणा भएदेखि नै केन्द्रका विषयलाई लिएर विवादित रहेको रुकुम पूर्वको पुथाउरगंगा गाउँपालिकाले मतदानबाट स्थायी केन्द्रको टुंगो लगाएको छ ।

बिहीबार भएको मतदानमा पुथाउरगंगा–१० को तकमा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने पक्षमा बहुमत आएपछि विवादको टुंगो लागको हो । अस्थायी केन्द्र रहेको कोल र तकबीच गाउँ सभाका सदस्यहरुले मतदान गरेका थिए ।

मतदानमा खसेका कुल ६९ मतमध्ये पुथाउरगंगा–१० तकमा केन्द्र कायम गर्नुपर्छ भन्नेमा पक्षमा ४७ मत खसेको छ भने पुथाउरगंगा–१२ को कोलमै केन्द्र कायम गर्नुपर्छ भन्नेमा २२ मत खसेको थियो। गाउँसभाका ७४ सदस्य मध्ये अध्यक्ष ओमप्रसाद घर्ती मगर मतदानमा सहभागी भएनन् । गाउँ सभाका ३ जना सदस्य जिल्ला समन्वय समितिमा गइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।

ढिलै भएपनि गाउँसभाले गाउँपालिकाको स्थायी केन्द्रको टुँगो लाएको अध्यक्ष ओमप्रसाद घर्ती मगरले बताए । लगभग दुई तिहाइ मत तकमा को पक्षमा खसेकाले गाउँपालिकाको स्थायी केन्द्र तकसेरामै कायम हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्