भाग्यमानी ढकाल खानदान…

ट्वीटरमा प्रकाश ढकाल नामका व्यक्तिले लोभ लाग्दो स्टाटस् लेखे । उनको स्टाटस् अनुसार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सुर्खेत सेवा आयोगमा उनका तीन जना काका, एक जना काकी, दुई जना भिनाजु र फपाजुलगायत उपप्राध्यापकदेखि विभिन्न फेकेल्टीका प्रमुख पदका लागि सिफारिश भएका छन् ।

याे पनि पढ्नुस  सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको उपप्राध्यापक पदमा सानो भिनाजु, भौतिकशास्त्रमा काका बेदप्रकाश ढकाल, समाजशास्त्रमा अर्का काका एश्वर्य ढकाल, ग्रामिण विकासमा पनि उनकै काका गिताराम ढकाल, गणित –मानविकी) मा काकी, समाजशास्त्रमा फुपाजु र वाणिज्यमा भिनाजु सिफारिश भएकोमा उनले बधाई दिएका छन् ।

याे पनि पढ्नुस  लागूऔषध प्रयोगकर्ता किन बढ्दै छन् ?

एउटै संस्थाभित्र यति धेरै नातेदार कसरी जागिरका लागि सिफारिश भए होलान ? विश्वद्यिालयका सम्पूण फ्याकेल्टीमा यो नाता कुटुम्बको झुण्डले खुला प्रतिस्पर्धाबाटै आएको भएपनि ढकाल खानदानमा सोर्सफोर्सको गन्ध स्वतहः देखिने छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय कहाँ राख्ने भन्ने विषयमा लामो समयको विवादपछि व्यक्तिगत रुपमा जग्गा उपलब्ध गराएपछि बाँकेबाट सुर्खेत सारिएको थियो ।

कमेन्ट गर्नुहोस्