ELECTION UPDATE: यस्ताे छ नतिजा

काठमाडौं, साउन १० । पाकिस्तानमा बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको पार्टी अग्रस्थानमा देखिएको छ । इमरान खान आगामी पाँच वर्ष पाकिस्तानको नेतृत्व गर्ने करीब निश्चित भएको छ । उनको पार्टीले स्पष्ट बहुमत ल्याउने अवस्था भने करीब सकिएको छ ।

कुल २७२ सिटका लागि भएको मतदानमा इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) ले ११४ सिटमा जित हात पारेको छ । भने उसलाई बहुमतका लागि अब १९ सिट आवश्यक छ । पाकिस्तानमा बहुमतका लागि १३७ सिट आवश्यक पर्दछ ।

त्यसैगरी सत्तारुढ दल एवं पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लीग नवाज (पीएमएलएन) ले ६१ स्थानमा जित हात पारेको छ । भने पूर्वप्रधानमन्त्री बेनेजर भूटोको पार्टी पीपीपीले ३८ स्थानका जित हात पारेको छ । अन्य साना दलले ५५ स्थानमा जित हात पारेको छन् ।

कमेन्ट गर्नुहोस्