नेपालको सुनचाँदी बजार व्यवस्थापन : किन बन्यो चुनौतिपूर्ण ?

३३ किलो सुन प्रकरण धेरै पुरानो घट्ना होइन । राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह उठाउने गरी भएको यस घट्नाले नेपाल सुन तस्करीको ट्रान्जिट बनिसकेको प्रष्ट पार्दछ।

सुरुदेखि नै नेपालमा सुनचाँदीको कारोबार व्यवस्थापनमा धेरै समस्याहरू देखिंदै आएका छन् । अस्थिर दर–भाउ, फितलो नियमन, अन्तर्राष्ट्रिय मूल्यमा आउने निरन्तर परिवर्तनका कारण सुनचाँदी बजारको व्यवस्थापन एउटा चुनौतिको रूपमा रहेको छ।

महासंघको नेतृत्वले नेपालमा सुनचाँदीको बजारमा देखा परिरहने समस्याहरु समाधान गर्नका लागि निकै चुनौतिप्रर्ण रहेकोले पेशागत सुरक्षा र अधिकारका लागि सक्दो पहल गरेपनि प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार्छन् ।

बजारमा दिनहुँ जसो सुनचाँदीको भाऊमा घटबढ वा स्थिर हुने क्रम चलिरहन्छ । बजारमा आउने सुनचाँदी खरिद बिक्री, कारोबार सम्बन्धी यिनै समस्याहरु समाधान गर्ने संगठित संस्था सुनचाँदी व्यवसायी महासंघले पनि प्रभावकारी रुपमा काम गर्न सकेको छ देखिंदैन ।

इभा राजवाहक

महासंघका सभापति मोहन कुमार विश्वकर्माले महासंघको स्थापनासँगै व्यवसायिक वातावरणको सुनिश्चितता नै आजको प्रमूख आवश्यकता रहेको हुँदा महासंघको नेतृत्व यसमा क्रियाशील रहँदै आएको बताउँछन् ।

महासंघको नेतृत्वले नेपालमा सुनचाँदीको बजारमा देखा परिरहने समस्याहरु समाधान गर्नका लागि निकै चुनौतिप्रर्ण रहेकोले पेशागत सुरक्षा र अधिकारका लागि सक्दो पहल गरेपनि प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार्छन् ।

केही वर्षयता देखिएको राजनीतिक तरलता तथा लम्बिएको राजनीतिक संक्रमणले सुनचाँदी व्यवसायीहरूले पूर्णरूपमा व्यावसायिक आचरण तथा अधिकार स्थापित गर्न सकेको देखिंदैन ।

विगतमा जस्तै अहिलेपनि यस क्षेत्रमा देखिएको मुख्य समस्या भनेको सुनचाँदी एवं गरगहनाको करोवारमा ठोस नीति बन्न नसक्नु नै हो । व्यवसायीहरूले सुनचाँदीका गरगहनाको खरिद बिक्री कारोबारगर्दा ठोस नीति नियमको अभावमा निर्धक्क भएर कारोबार गर्न नपाउने र आम जनमानसको व्यवसायीप्रतिको हेराईमा नै फरक हुने गरेको पाइएको छ ।

यो अहिले आम सुनचाँदी व्यवसायीका लागि चुनौति नै बन्दै गएको छ । व्यवसायीहरूले स्वतफूर्तरूपमा गरेको २०७० को आन्दोलन पश्चात सरकारसँग भएको सहमतिका आधारमा सुनचाँदीको कारोबार सम्बन्धी निर्देशिका बनाउने कार्यमा सरकारी अधिकारी र निजी क्षेत्रका व्यवसायीहरूबीच केही चरणमा वार्ता र छलफल सम्पन्न भएपनि त्यसले अझै मूर्तरूप लिन सकेको छैन् ।

राजनीतिक संक्रमणले सुनचाँदी व्यवसायीहरूले पूर्णरूपमा व्यावसायिक आचरण तथा अधिकार स्थापित गर्न सकेको देखिंदैन ।

महासंघका सभापति मोहनकुमार विश्वकर्माले सरकारी निकायबाट सहमति र समझदारी भैसकेको विषयमा पुनः हात हाल्ने र व्यवसायीलाई अनावश्यक दुखः दिई मनोबल गिराउने कार्य गरेको ग्नासो पोखे । उनले कुनै पनि व्यवसायीले कानूनले तोकेको परिधिभित्र रही निर्वाधरूपमा पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना हुन नसकेकोले आफूहरुको यो अधिकार सुरक्षित रहनुपर्ने बताए।

तर, उज्यालो सुनको कालो व्यापारले देशको अर्थतन्त्रलाई मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै नेपाल तस्करहरूको ‘ट्रान्जिट’ बन्दै गएकाे तथ्यलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिन जरुरी छ ।

कमेन्ट गर्नुहोस्