प्राडाद्वय श्रेष्ठ र सिंहको संयोजकत्वमा डा केसी स्वास्थ्य उपचार टोली गठन

काठामाडौं, साउन १० । त्रिवि शिक्षण असपताल महाराजगञ्जमा २७ दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसीको उपचारका लागि चिकित्सक टोली गठन गरिएको छ ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनशनरत डा केसीको उपचारका लागि सामान्य चिकित्सा विभाग प्रमुख प्राडा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय टोली गठन गरेको हो ।

याे पनि पढ्नुस  डा. केसीकाे १५ अाैं अनशन जुम्लामा

शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेको बताइएको छ । साथै शाह डा केसीको समर्थक पनि हुन ।

स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा। सुवास आचार्य, प्रा। डा प्रमेशसुन्दर श्रेष्ठ, डा। सूर्य देवकोटा, डा। पंकज पन्त, डा। रविन नेपाली उप(प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।

याे पनि पढ्नुस  सरकार र डा केसीबीचको वार्ता निष्कर्षमा, केही बेरमा हस्ताक्षर हुँदै, केसीले आजै अनशन तोड्ने

डा केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले बिहीबार परिपत्र गरेकी छन् ।

कमेन्ट गर्नुहोस्