इमरान खानलाई पूर्वप्रेमिकाको पहिलो बधाई, जनताको विश्वासकाे सम्मान गर्न आग्रह

इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को पार्टीलाई प्राप्त भएको सफलतालाई लिएर उनकी पूर्वपत्नी जेमाइमा गोल्डस्मिथले ट्वीट गर्दै बधाई दिएकी छन् ।

उनले ट्वीटमा अपमान, तथा थुप्रै बाधा अड्चन र २२ वर्षको बलिदानपछि मेराे छाेराको बाबा(बुवा) पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित हुने भएका छन् । यो सब उनको ढृढता, भरोसो र हरेश नखाने व्यक्तित्व भएको हुनाले सम्भव भएको हो । अबको चुनौति भनेको ‘तिमी किन राजनीतिमा आयौं र कसरी यो पहिला स्थानप्राप्त गर्न सफल भयौं’ यो सधै याद गर्नु । तिमीलाई धेरै बधाई ।

२२ वर्ष अघि राजनीतिमा प्रवेश गरेदेखि नै निकै कष्टपूर्ण जीवनयापन गरेका खान नेतृत्व गरेकाे पार्टीले अहिलेको बुधबार सम्पन्न आम निर्वाचनमा पछिल्लो नतिजा अनुसार ११९ सिट जितेको छ । यो जितसँगै उनी पाकिस्तानकाे ३० अाैं प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

राजनीतिमा आउनु अघि विभिन्न कारणले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहाकाले खानलाई यो पटकको निर्वाचनमा पाकिस्तानी जनताले गरेको बिश्वास टिकाइ राख्नु, विश्व सामु खस्किएको देशको साखः फर्काउनु, आतंकवादका नाममा भएका र हुन सक्ने अन्तर्राष्ट्रिय हस्ताक्षेपको सामना गर्नु प्रमुख चुनाैति छन् ।

कमेन्ट गर्नुहोस्