सरकार र डा केसीबीचको वार्ता निष्कर्षमा, केही बेरमा हस्ताक्षर हुँदै, केसीले आजै अनशन तोड्ने

काठमाडौं, साउन १० । चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक आमरण अनशनरत गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकारी र डा केसीका वार्ता टोलबीचको बार्ता निष्कर्षमा पुगेको छ । तर सहमतिपत्रमा हस्ताक्षर भने भइनसकेको डा केसीका वार्ता टोलीका एक सदस्यले बताए ।

याे पनि पढ्नुस  डा केसीलाई भेट्न अस्पताल पुगे देउवा

बिहीबार अपरान्ह भएको वार्तामा डा केसीले उठाएका मागमा सरकार सकरात्मक भएपछि वार्ता निष्कर्षमा पुगेको बताइएको छ । वार्ता टोलीबीच भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

याे पनि पढ्नुस  प्राडाद्वय श्रेष्ठ र सिंहको संयोजकत्वमा डा केसी स्वास्थ्य उपचार टोली गठन

सहमतिमा हस्ताक्षर भएपछि २७ दिनदेखि अनशनरत डा केसीले आजै तोडिने बताइएको छ । डा केसीका माग सम्बोधानका लागि पूर्वसभामसख एवं नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए । उनकै विशेष पहलमा मंगलबारदेखि वार्ताको आन्तरिक र बाह्य छलफललाई व्यापक पारिएको थियो ।

कमेन्ट गर्नुहोस्