इन्टरनेट सेवामा बढाइएको १३% मुल्य फिर्ता

काठमाडौं, साउन १० । नेपाल सरकारले साउन १ गतेदेखि बढाएको इन्टनेट सेवा शुल्क फिर्ता भएको छ । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी १३ प्रतिशत दूरसञ्चार कर बगाएको थियो ।

तर सरकारी निर्णयका चौतर्फी विरोध भएपछि इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको बताइएको छ ।

सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने भन्दै सरकारी निर्णयको व्यापक आलोचना भएको थियो । तर सरकारले भने अन्तर्राष्ट्रिय मूल्य अनुसार मुल्य समायोजन गर्नु पर्ने बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्