चट्ट पिरिम सार्वजनिक (भिडियोसहित)

काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतीमा हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज को शुभकामना सहित किरण गौतम को लय तथा शब्द र सृजना मिश्रा काफ्ले को स्वरमा लोकदोहोरी गित चट्ट पिरिम को म्युजिक भिडियो सार्वजनिक भएको छ।

माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम र मिश्रा काफ्लेको रहेकोे छ भने लय तथा शब्द किरण गौतमकै रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन-मौसम हिमालीले गरेका हुन भने क्यामेरामा करन चैसिर रहेका छन ।

यस्तै अभिनयमा रामजि खाड करिस्मा ढ्कालको बेजोड प्रस्तुति रहेको छ। शकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाइ बिस्णु तामाङले एरेन्ज गरेका छन ।

कमेन्ट गर्नुहोस्