आजदेखि मन्त्रिपरिषद बैठक पेपरलेस !

काठमाडौं, साउन १० । नेपालको इतिहासमा पहिलो पटक मन्त्रिपरिषद बैठकमा बिहीबारदेखि कागजको प्रयोग बन्द गरिएको छ । आजदेखि मन्त्रिपरिषद बैठकमा कागत र कमलको प्रयोग नगरिने भएको हो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको नियमित बैठक ‘स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक’ बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुले कागज र कलमको सट्टा म्याकबुक (ल्याकटप) प्रयोग गरे । केही समय अघि प्रधानमन्त्री अाेलीले मन्त्रिपरिषद बैठक प्रविधि मैत्री बनाउने घाेषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्